जनता टाइम्स

२६ असार २०७६, बिहीबार १४:५९

निर्माता ओझा र अभिनेत्री पोखरेलविच यसरी मिल्यो कुरा, मुद्दा फिर्ता


काठमाडौं, असार २६

घरेलु हिंसा गरेको भन्दै अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्ध हालेको मुद्दा फिर्ता लिएकी छन् । दुवै विच विहिवार सहमति भएपछि मुद्दा फिर्ता लिइएकी हुन् ।

एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि महानगरी प्रहरी परिसरमा दुवै जनाविच कुरा मिलेको प्रहरीले जानकारी दिएको छ । अभिनेत्री पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले दुवै जनालाई छलफलका लागि बोलाएको थियो ।

शिल्पाले दिएको शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको हल्ला बाहिर आएको थियो । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्य रुपमा बिबाह भएको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा पुगेकी थिइन् ।