काठमाडौं, बैशाख ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख उपप्रमुखको उम्मेदवार चयन गर्नुअघि प्रदेशका अध्यक्ष र इन्चार्जसँग जित्ने आधारबारे ब्रिफिङ लिनुभएको छ । अध्यक्ष ओलीले जित्ने उम्मेदवारको आधारबारे ब्रिफिङ लिनुभएको हो ।
अधयक्ष ओलीको सचिवालयले जनाएअनुसार आज विहान ११ बजेदेखि अध्यक्ष ओलीले सातवटै प्रदेशका अध्यक्ष र इन्चार्जहरुसँग स्थानीय पालिकाहरुको उम्मेदवारीको बिषयमा बिफ्रिङ लिइरहनुभएको छ । प्रदेश कमिटीले निर्णय गरेर पठाएका नामका सम्बन्धमा मिहिन ढंगले अध्ययन गरी अध्यक्ष र इन्चार्जसँग परामर्श गरिरहनु भएको हो ।
महानगर र उपमहानगरमा उम्मेद्वार फाइनल गर्न ३ बजे बोलाइएको बैठक अध्यक्षको कार्यव्यवस्तताले पछि सरेको छ । अध्यक्ष ओलीले ब्रिफिङ सकिएलगत्तै सचिवालय बैठक बस्ने नेताहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्