जनता टाइम्स

२६ असार २०७६, बिहीबार १५:१०

विप्लव समुहको विद्यार्थी संगठनकी जिल्ला अध्यक्ष प्रक्राउ


नवलपरासी, असार २६

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठनको पश्चिम नवलपरासीकी अध्यक्ष शारदा भण्डारीलाई पक्राउ गरेको छ ।

भण्डारीलाई बुधबार दिउँसो सरावल गाउँपालिकाको बासाबसही चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भण्डारीलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनको घर कपिलवस्तुको बग्तीबगर भएपनि नवलपरासी विद्यार्थी संगठनको जिम्मेवारी दिइएपछि उनी सुनवल नगरपालिकाको कीर्तिपुरमा बस्दै आएकी थिइन्।