जनता टाइम्स

१० बैशाख २०७९, शनिबार २१:१५

काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाडौं, १० बैशाख । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेको निर्णय भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।