जनता टाइम्स

१० बैशाख २०७९, शनिबार २१:०२

ओलीको गृहनगर दमकसहित झापाको पालिकामा यी हुन एमालेका मेयर-उपमेयरका उम्मेदवार


झापा, बैशाख ३० । नेकपा एमाले प्रदेश कमिटीले झापाको विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ । प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार बिर्तामोड नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाइने छ ।

उपप्रमुखमा हाल वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको घिमिरेले जनाउनु भयो । यस्तै दमक नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख गीता अधिकारीलाई उम्मेद्वार बनाइएको छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई नगरप्रमुखको उम्मेद्वार बनाउने निर्णय भएको छ भने उपप्रमुखमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेको छ ।

एमालेले गौरादह नगरपालिकाको प्रमुखमा छत्रपति सुबेदी र उपप्रमुखमा जलवर्षा राजवंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । नगरप्रमुखको उम्मेदवार बनाइएका सुवेदी हाल वडा नं ५ को वडाध्यक्ष हुनुहुन्छ ।

यसैगरी, भद्रपुर नगरपालिकाको प्रमुखमा पार्टी जिल्ला कमिटीका उपसचिव असारु राजवंसीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ भने उपप्रमुखमा कौशीला अधिकारीलाई अघि सारिको छ । नेकपा एमालेले कनकाई नगरपालिका प्रमुख र उपप्रमुखमा हालकै जनप्रतिनिधिलाई दोहोर्याउने भएको छ । प्रदेश इन्चार्ज घिमिरेका अनुसार नगरप्रमुखमा राजेन्द्र पोखरेल र उपप्रमुखमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको हो ।

यसैगरी, शिवसत्ताक्षी नगरपालिकाको मेयरमा एमालेले रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।