नुवाकोट, बैशाख ११ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा राजेन्द्ररमण खनाल उम्मेदवार तय भएको छ । नेकपा एमाले नुवाकोटको सिफारिसका आधारमा पार्टीको प्रदेश कमिटीले खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै एमालेले बेलकोटगढी नगरपालिकको उपमेयरमा रूपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खनाल एमालेको बागमती प्रदेश कमिटीका सदस्य हुन भने सापकोटा बेलकोटगढी नगर कमिटीको अध्यक्ष हुनुहुन्छ ।
खनाल र सापकोटा दुबै २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । मेयरमा खनाल विजयी भए पनि उपमेयरमा सापकोटा थोरै मतान्तरमा पराजित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्