जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १३:४६

स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी


काठमाडौं, ११ वैशाख । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय सभागृहमा पुगेर उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनुभएको थियो । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गर्नुभयो ।