धर्मा रोकाया, कञ्चनपुर । नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले आज कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । नेकपा एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, मोनिका भण्डारीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई एमालेले उम्मेदवार बनाएको छ ।
यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बन्ने हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्