जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १२:३९

पत्रकार राई उम्मेदवारी दर्तापछि चुनावी अभियानमा


काठमाडौं, १२ वैशाख । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा होमिएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका राईले आज बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् ।

जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उहाँले ३० वैशाखमा हुने निर्वाचनबाट निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

राईसँग रेडियो, अनलाइनदेखि छापा माध्यममा लामो समय पत्रकारिता गरेको अनुभव छ । उहाँले उम्मेदवारी दिएको गाउँपालिका यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले निर्वाचत जितेको थियो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भएका थिए ।