जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १६:०३

वीरेन्द्रनगर प्रमुखमा एमालेकी मोहनमायाको उम्मेदवारी दर्ता


सुर्खेत, १२ वैशाख । सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिनुभएको हो । एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिनुभएको छ ।

उहाँहरू एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको थियो । ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।