गोरखा, बैशाख १२ । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई कांग्रेसकै युवा कार्यकर्ताले हातपात गरेका छन् । मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उहाँलाई दिउँसो एक बजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् ।
कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ । श्रेष्ठका अनुसार तरुण दलका सुदीप थापा मगरलगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेका हुन । ‘बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ । उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु,’ श्रेष्ठले भन्नुभयो ।
आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उहाँको आरोप छ । श्रेष्ठले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितीको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्