ललितपुर, बैशाख १३ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिनुभएको हो ।
कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गर्नुभएको छ ।
यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष पेमाले खेलाडीको मागअनुसार नै आफू भारी मतले विजयी भएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्