जनता टाइम्स

१३ बैशाख २०७९, मंगलवार १६:१५

पत्रकार महासंघको पूर्व सभापति मेयरको दौडमा


इलाम, बैशाख १३ । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिनु भएको छ । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिनु भएको हो ।

पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा दिनुभएको छ । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गर्नुभएको हो । उहाँ इलाम नगरपालिकाका मतदातामाझ निकै लोकप्रिय हुनुहुन्छ ।