उदयपुर, बैशाख १३ । सत्ता गठबन्धनबीच किचलो देखिएको छ । गठबन्धनमा किचलो बढदा नेकपा एमालेले भने सबै स्थानीय तहमा चुनावी अभियान सुरु गरेको छ । एक अर्कामा अस्तित्व र आत्म सम्मान खोज्दै दर्जनौ वागी उमेदवार भईरहेकाले बेला एमाले मतदाताको घर–घरमा पुग्न सुरु गरेको हो।
एमालेले मतदाताको घर–घरमा पुग्ने र आफ्ना चुनावी ऐजेन्डा प्रस्तुत गर्दै भोट माग्ने कार्यक्रम रहेको पार्टी अध्यक्ष परमेश्वर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना बोकेर चुनावमा होमिएका छौ। हाम्रो सपना जनताको साथवाट पुरा हुनेछ।
‘जनताको सुख दुखको साथी नेकपा एमाले नै भएकाले यस पटक पुनः सुर्यमा मतदान गर्न आव्हान गर्दे अध्यक्ष घिमिरेले भन्नुभयो, ‘बृद्धबृद्धा, एकल महिला, अपाङ्ग, असाहय, दलित, पीछडिएको समुदाय, लोपन्मुखलाई घरमा बसी–बसी भत्ता दिने र समृद्ध नेपाल निर्माण गर्ने पार्टी एमाले नै हो, त्यो जनताले बुझेका छन् ।

सोमबार उमेदवारी दर्ता सकिए लगत्तै स्थानीय तहका पार्टी कमिटीको बसेको बैठकले मंगलबार बिहानैदेखि घरदैलो अभियान सुरु गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । ४ गाउँपालिका ४ नगरपालिका गरी जम्मा ८ पालिका रहेको जिल्लामा जम्मा ७५ वटा वडामा ३ जना महिलालाई वडाध्यक्ष पदमा उम्मेदवार बनाएको अध्यक्ष घिमिरेले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्