जनता टाइम्स

१४ बैशाख २०७९, बुधबार ०८:०९

दोलखामा एमालेले खाता खोल्यो, जिरीमा वडासदस्य निर्बिरोध


चरिकोट, बैशाख १४ । दोलखाको जिरी नगरपालिमा एक दलित महिला सदस्य निर्धिरोध हुनुभएको छ । जिरी नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी देबीमाया नेपाली निर्बिरोध हुनुभएको हो ।

सोही पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि एमाले उम्मेदवार नेपाली निर्बिरोध हुनुभएको हो । जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्बिरोध निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

संविधान अनुसार कुनैपनि पदमा एकजना भन्दा बढीको उम्मेदवारी नपरेको अवस्थामा सोही उम्मेदवार स्वतः निर्वाचित हुने प्रावधान छ ।