जनता टाइम्स

१४ बैशाख २०७९, बुधबार १९:००

कांग्रेसमा चुलियो असन्तुष्टी, टिकट नपाएका बिराटनगरका मेयर पराजुलीले दिए राजीनामा


मोरङ, बैशाख १४ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिनुभएको छ । पुनः मेयरमा दोहोरिन तीब्र लबिङ गर्नुभएका पराजुलीले पार्टीले मुल्यांकण नगरेको भन्दै राजीनामा दिनुभएको हो ।

पराजुलीले बुधबार महानगर उपप्रमुख इन्दिरा कार्कीसमक्ष राजीनामा पत्र बुझाउनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका पराजुलीले राजीनामा पत्रमा भने पार्टीको प्रसार प्रसार अभियानमा लाग्न राजीनामा दिएको उल्लेख गर्नुभएको छ