जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार ०९:१०

नेजाको लेटरप्याड दुरुपयोग घटना : दश महिनामा पनि पुरा गरेन ‘तारा बराल समितिले’ जिम्मेवारी


अमेरिका । तारा बराल, नेपाली पत्रकारितामा आफैमा चिनिएकै नाम हो । त्यसमा उनको अर्को परिचय पनि थपिन्छ प्राध्यापक डाक्टर लोकराज बराल । लोकराज ताराका सहोदर दाजु हुन्। नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइरालाको रजगज चल्दा प्राध्यापक लोकराज बराल, कोइरालाका मुख्य सहयोगि मध्येमा एक पर्दथे । सोहीबेला तारा बराललेसरकारी सञ्चार माध्यम फेरिफेरि नेतृत्व गर्ने अवसर पाए।

उनले नेतृत्व गरेका सरकारी सञ्चारमाध्यममा के कति काम गरे त्यो यहाँ उल्लेख गर्न खोजिएको होइन । किनकी उनी पछिल्लो ढेड दशक देखि अमेरिकामा छन्। यस्तै बरालको पारिवारिक विचलनका बारेमा पनि यहाँ चर्चा गर्न खोजिएको होइन।

कुनै न कुनै पद नभइ बस्नै नसक्ने र आफुलाई बरिष्ठ भन्न रुचाउने बराललाई अमेरिकामा रहेका पत्रकारहरु मध्ये एक समुहको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाले एउटा अत्यन्त संवेदनशिल घटनाका बारेमा छानविन गर्ने जिम्मा दिएको थियो।

नेपालबाट मान्छे झिकाउन नेजाको लेटरप्याड दुरूपयोगबारे छानविन गर्न बरालको संयोजकत्वमा जुलाईमा बनाईएको थियो समिति

ढिलाईले घटना ढाकछोप गर्न लागिको आशंका,लेटरप्याड दुरूपयोग गर्ने मध्ये एक छन् एनआरएनए अमेरिकाको प्रवक्ता

असन्धित व्यक्तिलाई नेपालबाट अमेरिका झिकाउननेजाको लेटरहेड दुरुपयोग गरि मानव तस्करी गर्न खोजेको भन्ने विषयमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन गत जुलाईमा नेजाको साधरण सभाले तारा बरालको संयोजकत्वमा समिति गठन गरेको थियो। लेखनाथ भण्डारी र मधुकर अधिकारी सदस्य रहेको सो समितिले दश महिना पुग्दा पनि प्रतिवेदन बुझाएको छैन।

के हो घटना र कसरी बाहिरि यो ?

नेजाको हरेक दुई वर्षमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुन्छ। त्यस्तै हरेक वर्ष साधरण सभा हुन्छ। अधिवेशन र साधरण सभा दुबै समयमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघबाट बोलाउने गरिएको छ ।

सन् २०१६ मा लसएज्जलसमा भएको अधिवेशनमा महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट प्रमुख अतिथि थिए । त्यसको एक वर्ष पछि सन् २०१७ मा भर्जिनियामा भएको साधरण सभामा महासिचव उजिर मगर प्रमुख अतिथि भए ।

सन् २०१८ मा सियाटलमा भएको अधिवेशनमा गोविन्द आचार्य महासंघको अध्यक्षको हैसियतमा प्रमुख अथिति भए । त्यस पछि २०१९ मा रमेश विष्टलाई प्रमुख अथिति बनाउने भनिए पनि उनी अमेरिका आउन पाएनन् । पछि थाहा भयो उनलाई दुतावासले भिषा नै दिएन् । सोही बेलानै केही गाइगुइ शुरु भएको थियो । गोविन्द आचार्यलाई पनि शुरुमा भिषा नदिएर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहाकारको हैसियतमा भिषा दिएको खुल्न आएको थियो ।

तर नेजालाई काठमाडौं स्थित अमेरिकी दुतावसले कालो सूचीमा राखेको कुरा सन् २०२१ को जुलाइमा भर्जिनियामा अधिवेशनमा महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेलले प्रमुख अतिथिको रुपमा सहभागि हुदा खुलासा गरेका थिए ।

विपुलले तत्कालिन कार्यसमितिलाई दिएको जानकारी अनुसार शुरुमा दुतावासले उनलाई भिषा दिन अस्वीकार गर्यो । कारण सन् २०१८ मा नेजाका तत्कालिन पदाधिकारीको शंकास्पद पत्र । नेजाले एक पटकमा एक जना मात्र पत्रकार महासंघको प्रतिनिधिलाई निम्तो पठाउने निर्णय गरेको भए पनि सन् २०१८ मा सात जनाका लागि भनेर काठमाडौं स्थित अमेरिकी दुतावासमा निम्तो गएको थियो।

एकै पटक धेरै जनाको जनाको नाममा निम्तो आए पछि दुतावासले नेजाको पत्रलाई शंकास्पद भन्दै गोविन्द आचार्यलाई प्रधानमन्त्रीको सल्लाहाकारको रुपमा भिषा दिए पनि अन्यलाई भिषा दिन अस्वीकार गर्यो । त्यसै कारण अर्को वर्ष रमेश विष्टले पनि भिषा पाएनन र विपुलले पनि आफु सुशिल कोइराला प्रधानमन्त्री हुदाँ सल्लाहाकार रहेको प्रमाण देखाएर भिषा पाए ।

दुतावासले नेजाका तत्कालिन पदाधिकारीले मानव तस्करी गर्ने लागेको आशंका गर्दै भिषा दिन इन्कार गरेको भनेर आफूलाई दुतावासका कर्मचारीले भनेको भन्दै विपुलले तत्कालिन कार्यवहाक अध्यक्ष विकासलाई भनेको र विकासले सो कुरा कार्यसमिति हुँदै साधरण सभामा ल्याएको बताइएको थियो ।

विपुलको भनाईलाई आधार बनाउदै नेजाको तत्कालिन कार्यसमितिले साधरण सभामा छानविनको प्रस्ताव ल्याएको थियो । सोही प्रस्तावको आधारमा तारा बरालको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।

छानविन समिति सौदामा परिणत

छानविन समितिले प्रतिविदन बुझाउन गरेको ढिलाइले चुनावमा अपवित्र साठगाँठ भएको भन्ने कुरालाई बल पुगेको छ । विपुल पोखरेल नेजाको खर्चमा नेजाको प्रमुख अतिथिको रुपमा अमेरिका आएका हुन् । तर उनको भूमिका कुनै एक उमेदवारको चुनाव प्रचारक जस्तो देखिएको थियो । विपुलखुलेरै विकासराज न्यौपानेको समर्थनमा लागेका थिए । अन्तत विकासले नै चुनाव जिते । गोगुल ढकाल र अनुज थापा पराजित भए।

तपाईलाई यो पढ्दा अहिले सम्म लेटरहेड दुरुपयोग र नेजा चुनावमा के सम्वन्ध भन्ने लागेको तर भयो नै त्यस्तो । किनकी सन् २०१८ मा अमेरिकी दुतावसमा पत्र पठाउने व्यक्ति तत्कालिन महासचिव तोया दाहाल थिए । जो अहिले गैर आवासीय नेपाली संघ अमेरिकाको प्रवक्ता छन् । तत्कालिन कार्य समितिले महासंघबाट एक जनालाई प्रमुख अतिथि बोलाउने निर्णय गरेको भए पनि दाहालले अन्य ६ जनाको नाममा आफुखुसी पत्र पठाएको पछि खुल्न आयो । 

क्यालिफोर्नियामा बस्ने तोया दाहाल शुरुमा किरण मरहठ्ठालाई नेजाको अध्यक्ष बनाउने भन्दै दलबल सहित भर्जिनिया आएका थिए । तर जव लेटरहेटको कुरा उठ्यो त्यस पछि एनआरएनएको संस्थापन पक्षको रोहवरमाविकास र तोया समुह बीच सौदाभयो । तोयाले विकासराजलाई भोट हाल्ने र विकासले जिते पछि छानविन गुपचुप सल्टाउने ।

विकासको तर्फबाट विजय घिमिरे र तोयाको तर्फबाट डाक्टर यादव पण्डितको रोहवरमा सम्झौता भएको बताइन्छ । तोयाले विकाससँग सम्झौता गरे पछि किरण मरहठ्ठाले उमेदवारी फिर्ता लिएका थिए । तोयाले अन्तिम समयमा विकासराजलाई खुलेर भोट मागेका थिए ।

छानविन समितिमा रहेका तिनै जना विकासराजका खास मान्छे हुन् । अझ तारा बराल र विकास एउटै मिडियामा संलग्न छन् । चुनावमा तोयाले विकासलाई गरेको सहयोगको गुण तिर्नका लागि विकासकै निर्देशनमा तारा बरालको समितिले प्रतिवेदन बुझाउन आनाकानी गरेको आशंका गरिएको छ ।

छानविनको कुरा त्यसै सेलाएर जाओस भनेर नेजाको अवको साधरण सभा क्यालीफोर्नियामा राखिएको बताइएको छ । किनकी क्यालिफोर्निया तोया बसोबास गर्ने क्षेत्र हो । छानविन समितिको प्रतिवेदन एकै पटक साधरण सभामा लैजाने र त्यहाँ नै डिसमिस गराउने तयारी भएको छ । एनआरएनएको संस्थापन पक्षले सबै खर्च बेहोरिदिने सर्तमा नेजाको अबको साधरणसभा क्यालिफोर्निया लगिएको बताइएको ।

यो घटनामा या त विपुल पोखरेल गतल छन किन तोया दाहाल । यदी विपुलले झुटा खवर ल्याएका हुन भने उनी प्रति खेद व्यक्त गर्नु पर्दछ होइन उनको खवर सही हो भने तोया माथि कारवाही हुनु पर्दछ । किनकी उनी अहिले एनआरएनए अमेरिकाको प्रवक्ता छन् । नेताको लेटरप्याड दुरुपयोग गरेको व्यक्तिले एनआरएनएमा झन के गर्ला ? तर चुनावको गुन तिर्न भित्र भित्र तोयालाई चोख्याउने खेलमा विकासराज समुह लागेको बताएइको छ । त्यसैकारण दश महिना हुँदा पनि छानविन समितिले कुनै प्रतिवेदन नबुझाएको बताइएको छ ।