बाँके, बैशाख १६ । नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीनजनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्जमा तीन जनाकोउम्मेदवारी रद्ध भएको हो ।
उहाँका अनुसार उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो । पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नुभएको थियो । ।
एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिनुभयो ।
यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्