जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १२:०८

त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लियो यति एअरलाइन्सको बिमान, दुई यात्रुको अवस्था गम्भीर


काठमाडौं, असार २७

यति एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ। नेपालगन्जबाट आएको यति एअरलाइन्सको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार बिमान चिप्लिए पनि सबै यात्रुहरू सकुशल छन्। विमान हटाउने लगायतका कामका लागि अहिले विमानस्थल बन्द छ। रनवे मा दमकल तथा एम्बुलेन्स देखिएको छ।

प्रवक्‍ता तिवारीका अनुसार अहिले जहाजमा भएको क्षति अनुगमनको काम भइरहेको छ। त्यसपछि मात्र विमानस्थल खुल्ने छ । ६६ यात्रु बोकेको यतिको एटीआर विमान दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।

उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ । अहिले आपतकालीन संयन्त्रलाई सुचालु गरेर उद्धार कार्य भइरहेको विमानस्थल प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।