जनता टाइम्स

१८ बैशाख २०७९, आईतवार १४:०६

नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह


काठमाडौं, १८ बैशाख । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

उहाँले भोलिदेखि संगठनको नेतृत्व सम्हाल्नुहुनेछ । सिंह गत महिना मात्र एआईजीमा बढुवा हुनुभएको थियो ।