जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार १२:४७

चौतारामा माओवादीबाट जितेका वडाध्यक्षसहित ५० जना एमालेमा


काठमाडौं, १९ बैशाख । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष जित्नुभएको शेरबहादुर श्रेष्ठ एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसँगै ५० जनाभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नुभएको हो । माओवादीको प्रभाव क्षेत्र मानिने चौतारा साँगाचोकगढीका धेरै कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् । चौतारमा माओवादीभित्रै दुई समूह छ ।