जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १३:४०

चार लाख रुपैयाँ घुससहित समातिए सुर्खेतका वन अधिकृत


सुर्खेत, असार २७

चार लाख रुपैयाँ घुससहित सुर्खेतमा वन अधिकृत पक्राउ परेका छन्। डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुससहित पक्राउ परेका हुन्। लामालाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले वन अधिकृत लामालाई घुससहित पक्राउ गरिएको जानकारी दिए। वन अधिकृत लामालाई सेवाग्राहीसँग घुस लिंदै गर्दा उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ। घुसको बिषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।