जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार १८:२९

एमसीसी राजपत्रमा प्रकाशित भएपछि जंगिए भीम रावल भने– विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?


काठमाडौं, १९ बैशाख । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गर्दै लेख्नुभएको छ,‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ ।

के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ आफै प्रश्न गर्दै आफै जवाफ दिनुभएको छ, ‘छैन ।’

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षप सुरु भएको आरोप लगाउनुभएको छ । ‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागू हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उहाँले लेख्नुभएको छ ।