जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार २०:१८

छुट्टी मनाउन भारतीय नेता राहुल गान्धी काठमाडौंमा


काठमाडौं, बैशाख १९। भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आउनु भएको छ । गान्धी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

उहाँ नागपोखरीस्थित होटल मेरियटमा बस्नुभएको छ । नेता राहुल पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ । नेता गान्धीले ५ दिन नेपालमा बिताउने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने स्रोतले बताएको छ । उहाँ शुक्रबार स्वदेश फर्कनु हुने बताइएको छ । यसअघि २०७५ साल भदौ १५ गते उहाँ नेपाल आउनुभएको थियो ।