स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्याएर छाप्न लागिएको आयोगले उल्लेख गरेको छ ।
आयोगले ६ वटा महानगरबाहेक देशका सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि नयाँ डिजाइन गरेर छाप्नु पर्ने भएको हो।यसरी दोहोर्याएर छाप्नुपर्ने मतपत्र धेरैजसो मधेश प्रदेशका गाउँपालिका र नगरपालिका रहेका छन्।
आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिरहेको छ। मंगलबार बेलुकीसम्म सबै मतपत्र डिजाइन भएर जनक शिक्षालाई पठाइने आयोगले जानकारी दिएको छ ।महानगरपालिकाको पनि मतपत्र छाप्न सुरु भइसकेको छ। उम्मेदवारको अन्तिम नामावली आएपछि उनीहरुको मात्रै चुनावचिन्ह राखेर मतपत्र छाप्ने भनिए पनि आयोगले अन्तिममा सबै चुनावचिन्ह राखेर मतपत्र छाप्न लागेको हो।













प्रतिक्रिया दिनुहोस्