जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार ०८:५५

धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको कमल थापाको निश्कर्ष


काठमाडौं, बैशाख २१ । हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उहाँले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराउनु भयो । उहाँको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ । थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान उथापाले लेख्नुभएको छ, ‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’