जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार १३:२८

विप्लवको नेकपा फुट्यो, असन्तुष्ट नेताले गरे महासचिवबाट निष्काशित


काठमाडौं । वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै भूमिगत क्रान्ति गरेर दर्जन बढीको हत्या गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।

धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा भएको भेलाले बिप्लवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो ।

राष्ट्रिय भेला सुरु हुने वित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाइ निष्काशित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । उहाँको प्रस्ताव बहुमतले स्विकृत भएको छ ।