गोरखा, बैशाख २१ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा गठबन्धन टुटेको छ । गोखराको पालुङटार नगरपालिकामा गठबन्धन टुटेको हो ।
पालुङटार र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो । तर दुबै दलको बैठकले वडा तहसम्म तालमेल गर्ने प्रयास गर्दा पनि सफल नभएपछि एक्ला एक्लै निर्वाचन लड्ने निर्णय गर्दै गठबन्धन टुटेको औपचारिक घोषणा गरेका हुन ।
नेपाली कांग्रेसले कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले नेता कार्यकर्ताहरुको राय अनुसार दुबै दल स्वस्थ र मित्रवत् निर्वाचानमा जान तयार रहेको बताउनु भयो । एक परिपत्र जारी गर्दै उहाँले कांग्रेसको तर्फबाट उम्मेदवार रहेका मेयर, उपमेयर लगायत सबै वडाका उम्मेदवारहरुलाई निर्वाचित गराउने गरी अभियान सञ्चालन गर्न निर्देशन पनि दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्