काठमाडौं, बैशाख २१ । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य देवराज सावद प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आज सावदलाई स्वागत गर्नुभयो ।
लामो समयदेखि पत्रकारितामा आवद्ध सावद प्रेस सेन्टर र नेकपा माओवादी केन्द्र जनपक्षीय पत्रकारिता र कम्युनिष्ट आन्दोलनबिरोधी कित्तामा उभिएकोले एमाले निकट प्रेस चौतारी नेपालमा समाहित भएको बताउनु भयो । उहाँ तात्कालिन नेकपाको समयमा दुई संगठन एकता हुँनुअघिबाटै केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
सावद आज प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच संगठनमा प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष बस्नेतसहित पूर्वअध्यक्ष गगन बिष्ट, उपाध्यक्ष गणेश पाण्डे, लेखा आयोगका उपाध्यक्ष छत्र साउद, प्रेस चौतारीका सुदुरपश्चिम प्रदेशका सहइञ्चार्ज श्याम भट्ट र प्रतिष्ठान प्रदेशकी सहइञ्चार्ज यसिमा महतले पनि खादा लगाएर स्वागत गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्