जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार ०८:१८

चुनावी सभालाई सम्बोधन गर्न आज कैलाली र कञ्चनपुर जाँदै अध्यक्ष ओली


काठमाडौं, बैशाख २२ । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ । आज कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । आमसभाको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।

अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ। त्यसपछि धनगढीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ।