जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार ०८:२१

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै, तीन ठाउँको सभालाई सम्बोधन गर्ने


काठमाडौं, बैशाख २२। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम जाँदै हुनुहुन्छ ।

आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश जान लाग्नुभएको हो । बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिनुभयो ।

उहाका अनुसार काठमाडौँबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुने छ । त्यसपछि उहाँ धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ। उहाँको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।