चितवन, वैशाख २२ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनी बसेको भरतपुरको एक होटलमा पुगेका उनले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको हो ।
वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेट्नुभएके थियो । उहाँले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । भेटपछि बागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न रामचन्द्र पौडेलले आग्रह गरेको तर आफूहरूले नमानेको बताउनुभयो ।
‘उहाँले आफ्नो कुरा गर्नुभयो, हामीले धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बतायौं,’ पौडेलले भन्नुभयो , ‘हामी कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गर्यौं ।’प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किए ।













प्रतिक्रिया दिनुहोस्