काठमाडौं, बैशाख २३ । हँसिया हथौडामा भोट हाल्नुपर्यो माओवादीले हात काटिदिएको छ त्यही हातले माओवादीलाई कसरी भोट हाल्ने भन्ने चितवन कांग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठले बिहीबार मञ्चमा उभिएर माओवादी नेतृ रेनु दाहालको पक्षमा भोट माग्नुभयो । उहाँले भन्नुभयो हरेका कांग्रेसका नेता–कार्यकर्ताहरू यो गठबन्धनलाई विजयी गराउने सङ्कल्प म यही मञ्चबाट गर्न चाहन्छु। भरतपुर महानगरको प्रमुखमा रेनु दाहाललगायत सिङ्गो गठबन्धनलाई हामी जिताउँछौ।
उहाँको पुरानो र बिहीबारको भाषण जोडेर अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। नेता हुने गुण भन्दै उडाइरहेका छन् सञ्जालका प्रयोगकर्ताहरू।
तल्लो तहमा कांग्रेसी कार्यकर्ताले महानगरको प्रमुखमा पालो दिनुपर्ने भन्दै काङ्ग्रेसबाहेक अरूलाई मत नहाल्ने केन्द्रमा दिएको सन्देश अटेर भएपछि चितवनमा विद्रोह भयो। अहिले पुराना कांग्रेसी नेता जगन्नाथ पौडेल भुइँकटर चिन्ह लिएर निर्वाचनमा हुनुहुन्छ । भरतपुरको सभालाई सम्बोधन गर्न गएका कांग्रेस सभापति तथा प्रधानमन्त्री अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेरै उहँलाई फकाउने प्रयास नगरेका हैनन्। तर भेट्नै आउनुभएन उहाँले रामचन्द्र पौडेललाई भेटेर बरु रेनुले उम्मेदवारी फिर्ता लिए राम्रो भन्ने सन्देश छाड्नुभयो ।
नेता श्रेष्ठ पनि पौडेलकै लाइनमा भएका श्रेष्ठ भने बदलिनुभयो । उनले मञ्चबाट प्रचण्डलाई आफ्नो पार्टीको सभापति सोझो भएको भन्दै ढाँट्ने काम नगर्न अनुरोध गर्दै रेनुलाई भोट माग्नुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेससँग गठबन्धन गरेको माओवादीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा भने एमालेसँग गठबन्धन गरेको थियो। त्यसैले होला श्रेष्ठले भन्न्भ–यो ‘हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यही गर्नुहुन्छ। भोलिको दिनमा हिजोजस्तो ढाँट्ने, धोका दिने काम नहोस्। पाँच वर्षअघि जे प्रतिबद्धता यहाँ भएको थियो, तीन महिनापछि टुट्यो। अहिले त्यस्तै नहोस्।’ जसरी पनि छोरी जिताउन लागिपरेका प्रचण्डले त्यो गल्ती स्विकार्दै एमालेसँग गठबन्धन गरेकाले कांग्रेसको भोट ट्रन्सफर गर्न गाह्रो भएको बताउनुभयो। चितवनका अधिकांश कांग्रेसका नेता सभामा उपस्थित भए पनि शीर्ष नेताहरू त्यति ढुक्क भने हुन सकेको देखिएन भरतपुरको मामिलामा। त्यसैले त केही नेताले कांग्रेसी कार्यकर्ता फकाउने प्रयास गरे। केहीले धम्क्याउने। कांग्रेस नेता श्रेष्ठको बदलिएको बोली जसरी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ त्यसरी नै छोरी रेनु हारे देश दुर्घटनामा पर्ने प्रचण्डको धम्की पनि भाइरलसँगै आलोचित भइरहेको सञ्जालमा। ‘लाल सलाम र जय नेपालको अभिवादन,’ भन्दै सम्बोधन सुरु गरेका माओवादी अध्यक्ष प्रचण्डले चुनावी सभामा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसको मत माओवादीलाई नपरेपछि आफूले बाध्य भएर एमालेसँग गठबन्धन गरेको तर्क राख्नुभयो । ‘शेरबहादुरजी र मेरो बिचमा गठबन्धन १०–१५ वर्षसम्मै लैजाने छलफल भएको थियो। तर सहज देखिएन। सहज नदेखिएको चितवन पनि हो। त्यसले बडो चिन्तित तुल्यायो,’ उहाँले दाबी गरे, ‘लुकाएर छिपाएर ढाँटेर गएको होइन। भोट ट्रान्सफर भएन। चितवनका जनताले भोट हाल्न साह्रै गाह्रो माने भनेर शेरबहादुरजीलाई भनेरै अर्को गठबन्धनमा गएको हुँ।’
जबकि त्यो गठबन्धन एकल कम्युनिस्ट पार्टी बनाउने रणनीति अनुसार भएको थियो। पछि भयो पनि त्यही। वाचा अनुसार निर्वाचनपछि नेकपा त बन्यो तर लामो समय सहकार्य चलेन र अदालतको आदेशमा दुवै दल पुरानै अवस्थामा फर्किएको धेरै समय भएको छैन। उहाँल बिहीबार भरतपुरमा रेनुले जितेमा सत्ता गठबन्धन लामो समय चल्ने वाचा गर्नुभयो । भरतपुरमा रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताउनुभयो भने यो गठबन्धनलाई १०–१५–२० वर्ष लाने मेरो प्रतिबद्धता भयो,’ उहाँले भन्नुभयो तर पनि कांग्रेसी मतदाताले आफ्नी छोरीलाई मत नहाल्नेमा भने शङ्का थियो। त्यसैले फकाउने भाषा छाडेर उनी मञ्चबाट धम्क्याउनतिर लाग्नुभयो । चितवन कांग्रेस कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने धम्की समेत दिनुभयो। धम्की शैलीमै भन्नुभयो ’यदि गठबन्धनलाई भोट हाल्नु भयो भने म उत्साहित भएर म यो गठबन्धनलाई १०–१५–२० वर्षसम्म लैजान्छु। अब प्रचण्डलाई टेन्सन दिऊँ न भन्नुभयो भने दुर्घटना हुनसक्छ। प्रचण्डपछि देउवा धम्क्याउने शैलीमा जानुभएन। रेनु हारिन् भने कांग्रेस सरकार बाहिर आउँछ, पार्टी बर्बाद हुन्छ, अर्को चुनाव हारिन्छ भन्ने डर देखाउने प्रयास गर्नुभयो कांग्रेस मतदातालाई। उहाँलेभ ने गठबन्धनको औचित्य, अहिलेको परिस्थितमा आवश्यकता, स्थानीय निर्वाचनमा गठबन्धनका अजेण्डाबारे बोल्नतिर लाग्नुभएन। उहाँ रेनुको जितमै केन्द्रित हुनुभयो । रेनुको नाममा ‘बखेडा नगर्न’ नेता कार्यकर्तालाई निर्देशन दिँदै उहाँले भन्नुभयो ‘रेनु दाहाललाई जिताउनु हाम्रो कर्तव्य हो। उहाँको नाममा बखेडा नगर्नुहोला। रेनुलाई जिताउनुपर्छ। गठबन्धन टुट्न दिनुहुन्न। गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ।’
कांग्रेसी मतदाताको भरोसामा स्वतन्त्र उम्मेदवार बन्नुभएका जगन्नाथको नाम शीर्ष नेताहरूले लिएका थिएनन्। रामचन्द्र पौडेलले भने उहाँको नाम लिए। बिहान यी दुवै नेताको भेट भएकाले हुनसक्छ उहाँले आलोचना गर्नुभयो आफ्नै दलको नेताको। पौडेलले जगन्नाथमा धैर्य नभएको नेता भन्दै बिहान आफूले कुरा गर्न खोजे पनि जगन्नाथले तर्क सुन्न नचाहेको बताउनुभयो । ‘आज बिहान मात्र कृष्णलालजी, भीमबहादुरजी र जगन्नाथ पौडेलजीसँग संवाद गर्न चाहेँ, केही कुराहरू राख्न सुरु गरेँ,’ नेता पौडेलले भने, ‘बसेर राम्रोसँग कुरा गरौँ भनेँ। तर, उहाँहरूले धैर्य राख्न सक्नु भएन। चाँडै जान खोज्नुभयो। मैले दिएको तर्कलाई सम्मान गर्न तयार हुनु भएन। उत्तेजनामा मात्र उहाँहरूले असन्तुष्टि व्यक्त गरेको मैले पाएँ।’
सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्ने हो भने भरतपुरमा गठबन्धनले जुन उद्देश्यका लागि सभा गरेका थिए त्यो पुरा हुन सकेन। थप आलोचना बढेको देखियो। त्यसमा पोस्टरमा शेखर कोइराला अनि गगन थापाको तस्बिर राखे पनि यी दुवै नेता सभामा जानुभएन। यसले कांग्रेसमा विभाजन रहेको सन्देश पनि दियो नै। त्यही भएर होला प्रचण्ड र देउवा दुवैले आलोपालो गरेर चितवनका काँग्रेस कार्यकर्तालाई फकाउने, धम्क्याउने र तर्साउने भरपुर प्रयास गरे।













प्रतिक्रिया दिनुहोस्