जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १३:४८

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेना अवरुद्ध


जुम्ला, २३ वैशाख । हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।

काठमाडौंबाट सामान मगाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उहाँले बताउनुभयो ।