जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १६:१०

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा १७ वर्षीय किशोरको मृत्यु


कैलाली, २३ बैशाख । जोशिपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी आज बिहान मृत्यु भएको छ ।

आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।