काठमाडौं, बैशाख २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा एमाले निकै बलियो रहेको स्वीकारोक्ति गर्नुभएको छ । काठमाडौंमा आज आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन नसके एमाले हावी हुने प्रष्ट तथ्य देखिएको बताउनु भयो ।
‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन (एमालेसँग तर्सिएपछि सम्बोधन गर्ने भाषा) । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच इमानदार सहकार्य हुनुपर्छ’, केसीले भन्नुभयो ।
गणतन्त्र जोगाउनकै लागि राष्ट्रिय जनमोर्चा गठबन्धनमा सामेल भएको भन्दै केसीले गठबन्धनमाथि प्रतिगमन (एमाले) को प्रहार जारी रहेको बताउनु भयो । अघिल्लो निर्वाचनमा वामपन्थीबीच एकता भए पनि जनमतको दुरुपयोग भएका कारण कांग्रेसको शरणमा पुग्नुपरेको पनि केसीले स्वीकार गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्