जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १७:०९

बैतडीमा कोदालो प्रहारबाट एक युवकको मृत्यु


बैतडी, २३ वैशाख । बैतडीको डिलाशैनी गाउँपालिका–७ मा कोदालो प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् ।

छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीको विषयमा विवाद हुँदा प्रहार भएको कोदालो लागेर उनको मृत्यु भएको हो । शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ भने कोदालो प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।