जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १७:३१

सिन्धुपाल्चोकमा कांग्रेसका वडा सदस्य उम्मेदवारविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर


सिन्धुपाल्चोक, २३ बैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ का वडा सदस्य उम्मेदवारविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकमा यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवार समेत रहेका रामकृष्ण खड्काविरुद्ध आज यौन दुर्व्यवहारको मुद्दा दायर भएको हो ।

उम्मेदवार खड्काले सोही वडाकी ४१ वर्षीया सुन्तली थामी (नाम परिवर्तन) लाई वैशाख १८ गते यौन दुर्व्यवहार गरेको थियो । राति ११ः४५ बजेको समयमा आफु बस्ने घरमा आई यौन दुर्व्यवहार गरेको आरोप छ ।

आफुलाई यौन दुर्व्यवहार गर्ने पीडकलाई कारवाहीको लागि प्रहरी चौकी पिस्करमा निवेदन दिन जाँदा निवेदन नलिएको र बाह्रविसे प्रहरी चौकीमा समेत सुनुवाइ नभएपछि चौतारा पुगेर जिल्ला प्रहरी कार्यालय चौताराले पनि नसुने पनि जिल्ला अदालतमा मुद्दा दायर गरेको बताउनुभयो ।