जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १९:५८

माधव नेपालकै गृह जिल्ला पुगेर ओलीले भन्नुभयो– माधव कुपात्र भनेर चिनेपछि पार्टीबाट हटाउनु पर्यो


रौतहट, बैशाख २३ । माधव नेपालको गृह जिल्ला रौतहट आएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालाई कुहिएको फर्सिको संज्ञा दिनुभएको छ । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र माओबादीको पछि पछि लागेर हिडिराख्नु परेको छ’ ।

नेकपा समाजबादी पार्टीका अध्यक्ष माधब नेपालले बिहीबार चितवनको भरतपुरमा आयोजित गठबन्धनको आमसभामा नेकपा एमालेलाइ कुहिएको फर्सि भन्नुभएको थियो । ‘यही पार्टीको करिब १५ बर्ष प्रमुख भएर बसे,यही पार्टीबाट २१ महिना प्रधानमन्त्री भए अहिले आएर एमालेलाइ कुहिएको फर्सी भन्ने माधव नेपाल नै कुहिएको फर्सि साबित भएको छ । ’ ओलीले भन्नुभयो । ओलीले चितवनमा हिजो प्रचण्ड भोट माग्न हैन जनतालाइ धम्काउनु पुगेको समेत बताउनुभयो । प्रचण्डले चितवनको भरतपुरमा आयोजित आमसभामा भरतपुर महानगरपालिकाको गठबन्धन उमेदवार रेनुलाइ भोट नहाले देशमा दुर्घटना हुने भन्ने धम्की दिएको स्मरण गदै ओलीले भन्नुभयो ‘अब त्यस्तो धम्कीले जनताले भोट हाल्दैन ।’ अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ्ग कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताउनुभयो । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाएपछि उहाँलाई पार्टीबाट हटाएको बताउदै केपी ओलीले भन्नुभयो ‘मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।’गौरमा आयोजित आम सभामा पनि अध्यक्ष ओलीले भन्नुभयो ‘पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मीएको रहेछ ।’ ‘माधव नेपाल कुलङ्घार हुन ।’ ओलीले भन्नुभयो ‘घरमा परिवारमा वा पार्टीमा एउटा कुलङ्घार निस्कियो भने त्यसले विनास गर्छ ।’

माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाएपछि पार्टीले सोही बेला सर्तकता अपनाएको उहाँले बताउनुभयो । कुपात्र भनेर चिनेपछि आफुले माधव नेपाललाई पार्टीबाट हटाउनु परेको उहाँले बताउनुभयो । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उहाँको आरोप थियो । रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपालनै भएको उहाँको तर्क थियो । गौरको राइसमिलमा नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताउनुभयो। गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेले स्थानिय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उहाँले दावी गर्नुभयो ।

आचार्यलाइ जिताउनुस, चन्द्रपुरको बिकासको जिम्मा मेरो भो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चन्द्रपुर नगरपालिकाका नगर प्रमुख उमेदवार शिव आचार्यलाइ जिताएर पठाए चन्द्रपुर नगरपालिकाको बिकासको जिम्मा आफुले लिने बताउनुभएको छ ।
शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित आम सभालाइ सम्बोधन गदै एमाले अध्यक्ष ओलीले एमाले नगर प्रमुख उमेदवार आचार्यलाइ जिताएर नगर प्रमुख बनाए चन्द्रपुर नगरपालिकाको बिकासको जिम्मा आफुले लिने बताउनुभएको हो । शिव आचार्य मेरो प्रतिनिधिको रुपमा चन्द्रपुर नगरपालिकाको काम गर्नेछन् आम मतदाताहरुले ढुक्क भएर एमालेका उमेदवारलाइ जिताउन ओलीले आग्रह गर्नुभयो।

चन्द्रपुरको सडक,कृषि,स्वास्थ्य शिक्षाको बिकाशको नेकपा एमालेले मात्रै गर्न सक्ने भएकोले एमाले उमेदवार आचार्यलाइ जिताउनुको कुनै बिकल्प नभएको अध्यक्ष ओलीको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माधब नेपालाइ रौतहटबासीले नेता मान्नु नै गल्ती भएको र अब त्यस्तो गल्ती कसैले गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘माधब नेपालकै कारण रौतहटको बिकास हुन सकेन ,पठाएको बजेट समेत फ्रि गर्ने नेतालाइ किन नेता मानिरहनु पर्यो ?’ । तराइकै अन्य जिल्लाहरुमा बिकासले फडको मारिरहदा रौतहट भने जस्ताको त्यस्तै रहनुको मुख्य दोषी माधब नेपाल नै भएको उहाँले बताउनुभयो ।