जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार २२:२७

गठबन्धनका नेताले चितवन बासीलाई दिएको धम्कीको जवाफ अध्यक्ष ओलीले भरतपुरबाटै जवाफ दिने


चितवन, २३ बैशाख । सत्ता गठबन्धनले भरतपुरमा आमसभा गरेर प्रचण्ड पुत्री रेनु दाहाल नजिते मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए लगत्तै नेकपा एमालेले पनि भरतपुरमा वृहत जनसभा गर्ने भएको छ । आगामी आइतबार भरतपुरका क्याम्पाचौरमा हुने जनसभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु चितवन जाने भएका छन् ।

भरतपुरको चुनावी अभियानको कमाण्ड एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरिरहेका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालसँग एमालेका बिजय सुवेदीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।भरतपुरको जनसभाबाट गठबन्धनलाई ओलीले जवाफ दिने तयारी भइरहेको चितवन एमालेले जनाएको छ ।

सत्ता गठबन्धनका नेताहरुले भरतपुरका जनता र कार्यकर्तालाई धम्की दिएर हिँडेकाले एमालेले त्यसको जवाफ दिने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।