काठमाडौं, २५ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने हैदरावाद र बैंगलोरबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आज दुबै टोली जितको खोजीमा रहेको छ । यस अघिको भेटमा हैदरावादले बैंगलोरलाई ९ विकेटले हराएको थियो ।
हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र दिल्लीबीचको खेल राति ७स्४५ बजे सुरु हुनेछ । चेन्नई ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । दिल्ली १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्