चितवन, २५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गर्नुभएको छ । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताउनुभयो ।
माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाइ भ्रममुक्त हुन पनि उहाँले आग्रह गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउँदै उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताउनुभयो । गठबन्धन भनेको बाँढीचुँडी खाने गुट मात्र भएको भन्दै उहाँले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभयो । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उहाँको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्