काठमाडौं बैशाख २६।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गर्नु भएको हो ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९\१\२५ को सिफारिशमा वि.स.२०७९ साल जेठ ३ गते मङ्गलबारका दिन अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो।













प्रतिक्रिया दिनुहोस्