जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार १०:१३

पोखरामा आज हुने एमालेको चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने


पोखरा,बैशाख २६।नेकपा एमालेले आज पोखरामा चुनावीसभा गर्दैछ । अमरसिंह चौरमा आज हुने चुनावीसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यतालीका रहेको छ ।
एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभएको छ । पोखरामा नेकपा एमालेका तर्फबाट कृष्णबहादुर थापा मेयरका लागि चुनावी मैदानमा हुनुहुन्छ ।