जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार १६:०१

पोखरामा एमालेको शक्ति प्रदर्शन, गठबन्धन भन्दा चार गुणा बढी जनता उर्लिए (फोटो फिचर)


कास्की, बैशाख २६ । नेकपा एमालेले गठबन्धनविरुद्ध पोखरामा शक्ति प्रदर्शन गरेको छ । एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले पोखरा महानगरपालिकामा आफ्नो बर्चश्व कायमै राख्न सबै शक्ति केन्द्रित गरेको हो । गठबन्धनले आइतबार चुनावी सभा गरेलगत्तै सोमबार एमालेले काउन्टर आमसभा गरेको छ ।

मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङसहित ३३ वटा वडाध्यक्षमै एमालेलाई जिताउँन आग्रह गर्दै अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा आइपुग्नु भएको छ । सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई लगायतका नेताहरु सहभागी हुनुभएको छ ।