काठमाडौं, बैशाख २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने बताउनुभएको छ। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताउनुभयो। एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताउनुभयो ।
उहाँले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर गर्नुभयो । ‘केके गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन् । सिन्धुपाल्चोकको सभामा एउटा माओवादीको नेताको भाषण युट्युवमा छ ।
सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, ओलीले भन्नुभयो, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन ।’ उहाँले आफूले शास्त्रको कुरा गर्दा विपक्षीले उखान टुक्का भनेर नबुझेर टिप्पणी गर्ने गरेको बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्