जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार १८:१५

गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार


वैशाख, २६ गोरखा । उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुनुहुन्छ ।

उहाँ चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिनुभएको थियो । आज बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताउनुभयो ।