शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ।
निर्वाचनआयोगका अनुसार मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन।त्यसकारण चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ।मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको आयोगले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्