काठमाडौं, बैशाख २७ ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।उहाँको गए राति करिब १ बजेतिर निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।उहाँको हृदयघातका कारण निधन भएको बताइएको छ।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ। निर्वाचन अधिकृत कुवेर पाण्डेले उपमेयर पदकी उम्मेदवारको निधन भएकोबारे कांग्रेसले पठाएको पत्र आज बिहान प्राप्त भएको बताउनुभयो ।‘कांग्रेसको तर्फबाट उपमेयर उम्मेदवारको निधन भएको जानकारी आएको छ। हामी निर्वाचन आयोगमा यसबारे लेखेर पठाउँदैछौं,’ उहाँले भन्नुभयो ‘यहाँ निर्वाचन के गर्ने भन्नेबारे आयोगले नै निर्णय गर्छ।’
यहाँ वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ। कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्