जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १२:०५

आचारसंहिता मिचेर मत माग्दै मन्त्री झाँक्री, पार्टीको कुनै सिद्धान्त नभएपछि नेताको गालिगलौजमा व्यस्त


मुसिकोट, २७ बैशाख । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्वाचन आचारसंहित मिचेर गृह जिल्लामा मत माग्न व्यस्त बन्नुभएको छ । नेकपा (एकीकृत समाजबादी) पार्टी सचिव समेत रहनुभएको झाक्री वैशाख २० गते हेलिकप्टर चढेर मुसिकोट नगरपालिकामा मत माग्न आउनुभएको हो । उहाँले निर्वाचन आचारसंहिता मिचेर कार्यक्रममा सहभागिता जनाउँदै आउनुभएको हो ।

गृह जिल्लामा उहाँ मुसिकोट नगरपालिकासँगै बिभिन्न स्थानीय तहमा आयोजित चुनावी आमसभामा सहभागि हुनुभएको उहाँ मत माग्न व्यस्त बन्नुभएको हो । उहाँले आफ्ना पार्टीलाई भन्दा पनि नेपाली कांग्रेसका उम्मेदवारलाई मत माग्न व्यस्त हुनुभएको हो । जिल्लाका सबै स्थानीय तहमा झाँक्रीको पार्टीबाट उम्मेदवार छैनन् ।

तर आफ्नै पार्टीका कोही पनि उम्मेदवार नबनेका स्थानीय तहमा नेपाली कांग्रेसका नेता कार्यकर्ता पुगेका सभामा पनि उहाँ सहभागि हुँदै आउनुभएको छ । सभामा झाँक्रीले आफ्नो पार्टीको सिद्धान्त बिचार भन्दा पनि माथी उठेर पुरानो पार्टी नेकपा एमालेका नेताहरुलाई गालिगलौज गर्न व्यस्त बन्नुभएको हो ।

हाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जिल्लामा गोकर्ण बिष्टलाई हदैसम्म गिरेर गाली गलौजमा उत्रिने गर्नुभएको कार्यक्रममा सहभागी एक नेताले जानकारी दिनुभयो । आफ्नो पार्टीका कुनै सिद्धान्त नै नभएपछि नेता तथा व्यक्ति बिशेषलाई गालिगलौजमा उत्रिने गर्नुभएको हो ।